
गैंडाकोट, वैशाख १७ । भगवान बराह दिव्यधाम श्वेत बराह मन्दिर सेवा समिति गैडाकोट १ धारापानीको आठौं वार्षिक साधारण सभा तथा नवनिर्मित भगवान बराहको कलात्मक मन्दिर र मूर्ति प्राण प्रतिष्ठा कार्यक्रम बुधबार मन्दिर परिसरमा सम्पन्न भएको छ ।
गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अधिकारीले नवनिर्मित मन्दिरको उद्घाटन गर्दै हिन्दू धर्म संस्कृति, रीतिरिवाजलाई बचाउनका लागि आफ्नो नगर लागिपर्ने बताउँदै उनले गैडाकोटमा भएका पुरातात्विक धार्मिक स्थलहरूलाई पहिचान गरी धार्मिक पर्यटनको सम्भावनाहरू अध्ययन गर्न आफू लागि परेको बताएका छन्। कार्यक्रममा नगरका संस्थापक उपमेयर विष्णु कुमारी कन्डेल सापकोटा, वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी लगायत विभिन्न सामाजिक एवं धार्मिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। २०७० सालमा स्थापना भएको भगवान बराह दिव्यधाम श्वेत बराह मन्दिर गण्डकी प्रदेशमै पहिलो र नेपालमा दोस्रो भएको जानकारी सेवा समिति अध्यक्ष वेदप्रसाद गौडेलले जानकारी दिए । उनले डेढ बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा कलात्मक भगवान बराहको मन्दिर सहित पोखरीको निर्माण गरिएको र आवश्यक संरचनाहरु निर्माणका लागि झण्डै ७० लाख बराबर खर्च गरिएको बताएका छन्। अध्यक्ष गौडेलले मूर्तिप्राण प्रतिष्ठा सँगसँगै गैंडाकोटमा एउटा नयाँ धार्मिक गन्तव्य थप भएकोमा लाई खुसी लागेको बताए ।
समिति सचिव परमानन्द चालिसेले सचिव प्रतिवेदन, कोष प्रतिवेदन कोषाध्यक्ष ढगेन्द्रराज सापकोटा, लेखा प्रतिवेदन लेखा संयोजक गजेन्द्र लम्साल र उपस्थित सम्पूर्णलाई समितिका तर्फबाट सहकोषाध्यक्ष यमनारायण चालिसेले उपस्थित सम्पूर्णलाई कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए।