गैँडाकोट वडा नं २ को वडा कार्यालय भवन शिलान्यास

गैँडाकोट, वैशाख २५ । गैँडाकोट नगरपालिकावडा नं. २ को कार्यालय भवन शुक्रबार शिलान्यास गरिएको छ । नगरपालिकाको ७० लाख ३ हजार ३८ रुपैँयाको लागतमा निर्माण हुन लागेको सो भवनको आज नगर प्रमुख मदनभक्त अधिकारीले शिलान्यास गर्नुभयो ।

 

प्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाका सबै वडाभित्र वडा कार्यालय बनाउने निर्णय गरेको स्मरण गर्दै सोहीअनुसार वडा कार्यालय भवन निर्माण अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भवन निर्माणसँगै जनताले सहज सेवा प्राप्त गर्नसक्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गरिसक्नुपर्ने बताउनुभयो ।

 

न्यू बील्ड कोन डिजाईन एण्ड डेभलर्पसले निर्माण गर्न लागेको वडा कार्यालय भवन असौज मसान्तसम्म गरिसक्नुपर्ने सम्झौता भएको छ ।हालसम्म गैँडाकोट नगरपालिका वडा नं. ४,६,७,९,१०,११ र १२ ले आफ्नै कार्यालयबाट सेवा प्रदान गर्दै आएका छन् भने केहि वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको