गुल्मी, जेठ १२ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. २ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष कृष्ण विश्वकर्माले आफ्नो जन्मदिनको अवसरमा विधार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
आइतबार वडा नम्बर २ भित्रका ५ वटा विद्यालयका कक्षा १ देखि ५ सम्मका सम्पुर्ण विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्रीहरू वितरण गरेका हुन । कृष्णले आफ्नो जन्मदिनको फजुल खर्च कटौती गरेर विधार्थीहरुको अध्ययनलाइ थोरै भए पनि सहज र प्रोत्साहन मिलोस भन्ने हेतुले शैक्षिक सामग्री वितरण गरेको बताएका छन्।
उनले आफू जनप्रतिनिधिका रुपमा आएपछि सामाजिक उत्तरदायित्व र जनसेवामा लागिपरेको र आगामी दिनमा पनि सामाजिक सेवाको यो सिलसिलालाई सदैव अगाडि बढाइराख्ने प्रतिबद्धता जाहेर गरे। वितरण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष कमल केसी लगायत विद्यालयका शिक्षक शिक्षिका तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।








