गैँडाकोट, जेठ १५ । गणतन्त्र दिवस २०८२ को अवसरमा नेकपा एमाले गैँडाकोट नगर कमिटीद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममार्फत कुल ४० युनिट रगत संकलन भएको छ। जसमा ३२ जना पुरुष र ८ जना महिला सहभागी भएका थिए ।
कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण पौडेलले रक्तदानका लागि ब्लड ब्याग हस्तान्तरण गर्दै गर्नुभएको थियो । उहाँले यस्तो प्रकारका सामाजिक कार्यले पार्टी र समुदायबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको बारेमा जानकारी दिँदै नेकपा एमाले वडा नं. २ का अध्यक्ष शिव भूसालले समाजमा रगतको अभावलाई सम्बोधन गर्न यस्ता कार्यक्रमले ठूलो सहयोग पु¥याउने बताउनुभयो । साथै, उहाँले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाउनुभयो ।
सामाजिक उत्तरदायित्वका रूपमा गरिएको यस कार्यक्रमले गैँडाकोट क्षेत्रको स्वास्थ्य सेवा प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने विश्वास लिइएको छ ।








