
गैंडाकोट, जेठ ३०। देवचुलीमा ९० वर्षका वयोबृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिहीबार राती रडले प्रहार गरी ७६ वर्षीया श्रीमतीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ३ आम्बास गाउँका दिल बहादुर थापाले श्रीमती जमुनालाई फलामे रड प्रहार गरेका हुन् । रड प्रहारबाट टाउकोमा लागेको गम्भीर चोटका कारण जमुनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
राती सवा ९ वजेतिर भएको घटनाको बारेमा थापा दम्पतीका छोराले प्रहरीमा खवर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले अहिले बिहान मात्रै घटनास्थलको सर्जमिन मुचुल्का सहित सोधपुध अनुसन्धान कार्य थालको प्रहरीले जनाएको छ ।