गैंडाकोट ४ मा हाउस वायरिङ तथा प्लम्बिङ तालिम सम्पन्न

गैंडाकोट, असार १० । गैंडाकोट नगरपालिका वडा नम्बर ४ को आयोजनामा सञ्चालित ३० दिने हाउस वायरिङ तथा प्लम्बिङ तालिम मङ्गलबार सम्पन्न भएको छ ।

 

स्थानीय युवा तथा युवतीलाई व्यावसायिक सीपमा दक्ष बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिमबाट ४२ जना सहभागी लाभान्वित भएका छन्।

 

तालिमको समापन कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने आवश्यक रहेको बताउँदै मेयर अधिकारीले हाम्रो नगरमै रहेका स्रोत र सीपमार्फत स्वरोजगार सिर्जना गर्न सकिन्छ भन्ने उद्देश्यका साथ तालिम दिइएको बताएका छन् ।

 

कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित भएका गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले “सामाजिक रूपान्तरण र आर्थिक सशक्तीकरणका लागि व्यावसायिक सीपको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता तालिमहरूलाई निरन्तरता दिनुका साथै व्यवसायिक रूपमा लैजानुपर्ने धारणा व्यक्त गरे ।

 

समापन समारोहमा वडा नम्बर ४ का वडाध्यक्ष एवं कार्यक्रमका सभापति तेजप्रसाद घिमिरेले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा थप व्यावसायिक तालिम सञ्चालन गरिने जानकारी दिँदै उनले भने हाम्रो वडा युवाहरूलाई आत्मनिर्भर बनाउने दिशामा निरन्तर सक्रिय रहन्छ, र वडाभित्र अन्य सिपमूलक आयमूलक तालिमका लागि वडा सधैं तत्पर रहेको जानकारी गराए । समापन कार्यक्रममा साविक गैंडाकोट गाविसका अध्यक्ष टोलनाथ घिमिरे, रोशनभक्त अधिकारी, इन्द्रकला घिमिरे, धनमाया परियार, रामचन्द्र घिमिरे, अनिता घिमिरे काफ्ले, हर्कबहादुर भुजेल, बलिभद्र कँडेल, कृष्णप्रसाद घिमिरे।, बलराम शाही, डिलीप्रसाद सापकोटा, विष्णुहरी देवकोटा लगायतको उपस्थिति रहेको थियो।

 

प्रशिक्षकहरू गोविन्द खनाल, हिमा पौडेल तिवारी र पब्लिक साइनिङ टेक्निकल का सञ्चालक दीपक दराईले सहभागीहरूलाई तालिम दिएका थिए। तालिमको अवधीमा सिकाइएका व्यावहारिक सीप र सिकाइको प्रभावबारे प्रशिक्षार्थीहरूले डेमो प्रदर्शनी गरेका थिए। उनीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन्। समापन कार्यक्रममा उपस्थित सम्पूर्णलाई वडा सदस्य शान्ता घर्तीले स्वागत मन्तव्य दिएकी थिइन् भने वडा नम्बर ४ का वडा सदस्य हरि पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको