गैडाकोटमा एक महिने बाद्यवादन तालिम सम्पन्न

गैडाकोट, १३ असार । गैडाकोट नगरपालिका वडा नम्बर ५ ले महिलाहरूको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरेको एक महिने बाद्यवादन प्रशिक्षण कार्यक्रम आज शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ ।

 

गैडाकोट ५ को पहलमा सञ्चालित उक्त तालिममा ९० जना महिलाहरू सहभागी भएका थिए । तालिमका लागि वडा कार्यालयले ७० हजार भन्दा बढी खर्च गरेको थियो । प्रशिक्षण अवधिभर सहभागीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा प्रयोग हुने परम्परागत वाद्य यन्त्रहरूको ज्ञान र प्रयोगात्मक सीप सिकेका थिए ।

 

वार्ड नं ५ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति रत्नप्रसाद सापकोटाले महिलाहरूको सशक्तीकरण र सांस्कृतिक सीप संरक्षणका लागि यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी हुने बताउँदै वडाले आगामी दिनमा थप व्यावसायिक तालिमहरू सञ्चालन गर्ने जानकारी गराए ।

 

कार्यक्रममा प्रशिक्षक लेखनाथ न्यौपाने र रामबहादुर थापाले सहभागीहरूको प्रगति सन्तोषजनक रहेको बताउँदै सहभागी महिलाहरूको यो अवसरले आफ्नो आत्मविश्वास अभिवृद्धि गरेको अनुभव सुनाएका थिए । कार्यक्रममा जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा लगायत कमल कुँवर, पार्वती सापकोटा लगायतको उपस्थिति रहेको थियो।

 

समारोहमा प्रमाणपत्र वितरणका साथै सहभागीहरूले सिकेका वाद्य यन्त्रहरू प्रयोग गरी सांस्कृतिक प्रस्तुति पनि प्रहसन गरिएको थियो । समापन समारोहमा उपस्थित सम्पूर्णलाई सुशीला गुरुङले स्वागत मन्तव्य दिएको कार्यक्रम लाई नगर कार्यपालिका सदस्य शान्ति न्यौपानेले सहजीकरण गरेकी थिइन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको