दुई दिने प्राथमिक स्वास्थ्य उपचार तालिम  सुरु

गैडाकोट, असार १९ ।गैंडाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको जनकल्याण महिला समूहको आयोजनामा बिहीवार देखि दुई दिने आधारभूत प्राथमिक उपचार तालिम सुरु भएको छ।

तालिमको बिहीबार गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको छ।  शुभारम्भ  कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले तालिम पश्चात् सहभागीहरूले टोल समाजमा भएका सासाना स्वास्थ्य सम्बन्धी समस्याहरूमा उपचार गर्न सक्षम हुने आशा व्यक्त गर्दै तालिम लिएर मात्र नहुने तालिम लिएपछि घर परिवार र छरछिमेकका अन्य व्यक्तिहरूलाई पनि यहाँ जानेका कुराहरू सिकाउन सके तालिम लिएको सार्थकता हुने औल्याए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं वडा नम्बर ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले सहभागीहरूलाई सहज तरिकाले सिक्ने अवसर मिलोस् भन्दै यस्ता तालिमहरूले सहभागीहरूको क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गैंडाकोट गाविसका पूर्व उपाध्यक्ष टोलनाथ घिमिरेले यस्ता कार्यक्रमहरू टोलमा मात्र नभएर हरेक वडाहरुमा आवश्यक भएको औल्याउँदै सिकेका ज्ञानहरूलाई व्यवहारमा उतार्न आग्रह गरे ।

बिहीवार र शुक्रवार दुई दिनसम्म चल्ने प्राथमिक उपचार सम्बन्धित तालिममा भरतपुर अस्पतालका जनरल फिजिसियन डाक्टर नवराज लामिछाने, स्टाफ नर्स तथा नगरपालिकाकी कर्मचारी अस्मिता अधिकारी र कार्यक्रमकी संयोजक एवं सहज स्वास्थ्य क्लिनिककी स्वास्थ्य सेविका भागीरथी आचार्यले स्वास्थ्य सम्बन्धी विभिन्न विषयहरू र त्यसको उपचार कसरी गर्ने भन्ने विषयमा तालिम दिनुहुनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको