गैंडाकोट, श्रावण ८ । २०६२ सालमा स्थापना भएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक महासङ्घको प्रथम नगर अधिवेशन आज गैंडाकोटमा सम्पन्न भएको छ।
अधिवेशनले रघुनाथ कडेलको संयोजकत्वमा ११ सदस्यीय नेपाल सांस्कृतिक महासङ्घ गैंडाकोट नगर कार्यसमिति गठन गरेको छ। जसको उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ सचिव पञ्चमाया चितौरे सहसचिव कृष्णकुमारी भट्टराई र सदस्यहरूमा सुभाष आचार्य, श्रीकान्त घिमिरे, बिन्दु लामिछाने, ईश्वरी खत्री, डोल बहादुर परियार, मिना कुमारी खनाल, सुसन गुरुङ, तेजेन्द्र सुनारी मगर रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएका नेपाली कांग्रेस गैंडाकोट नगर सभापति बद्री सापकोटाले नवगठित समितिलाई बधाई दिँदै सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुका साथै गैंडाकोट नगरभित्र रहेका विविध सांस्कृतिक अभ्यास र परम्परालाई उजागर गर्दै कांग्रेसको सन्देश जनजनसम्म पुर्याउने जिम्मेवारी यस संगठनको भएको बताए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति अमृत भट्टचनको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले नेपाली कांग्रेसको विचार, मूल्य र सांस्कृतिक चेतनालाई समाजसम्म पुर्याउन महासङ्घको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले भने, संस्कृति हाम्रो अस्तित्व र पहिचान हो। यसलाई संरक्षण गर्दै लोकतान्त्रिक विचारलाई सशक्त बनाउन महासङ्घ नगरले अझ प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू शान्ती न्यौपाने,भिम शर्मा, प्रेमबहादुर कुमाल, गङ्गा वहादुर पाण्डे लगायतले महासङ्घ नगर समिति गठनसँगै स्थानीय तहमा संस्कृति र राजनीतिक चेतना फैलाउने कामलाई थप गति दिने अपेक्षा सहित शुभकामना मन्तव्य दिइएको उक्त कार्यक्रम नेपाली कांग्रेस नगर समिति सचिव गोविन्द घिमिरेले सञ्चालन गरेका थिए।







