नवलपुरबाट समातियो दिउँसै चोरी गर्ने गिरोह 

गैंडाकोट, श्रावण १८ । नवलपुरका विभिन्न स्थानका सडकमा जडान गरिएका सोलार बत्तीको ब्याट्री चोरी गर्ने गिरोह आईतबार देवचुलीको प्रगतिनगरबाट पक्राउ परेका छ्न ।

 

देवचुली-१५ प्रगतिनगरमा रहेको महाराजा सामुदायिक वनको कार्यालय परिसरमा जडान गरिएको सोलार बत्तीको ब्याट्री निकाल्दै गरेको अवस्थामा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

स्थानियको सहयोगमा प्रहरीले चितवनकालिका नगरपालिका वडा नं ९ शक्तीखोरका भिम बहादुर प्रजा, पप्पु चेपाङ र ईच्छाकामना-७ को डम्बर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

चोरी गर्ने गिरोह ना १ ह ३३३६को ईरिक्सामा भर्‍याङ सहित राखेर हिडने गरेको र जिल्ला का विभिन्न स्थानमा रहेका सोलार बत्तीको ब्याट्री चोरी गर्दै आएका थिए । प्रहरीका अनुसार यो गिरोहलेनै देवचुली-१०, देवचुली-१६ र १७ तथा गैँडाकोट नगरपालिकाको विभिन्न स्थानमा राखिएका सोलार बत्तीको ब्याट्री चोरी गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको