अक्सफोर्ड कलेजको ‘Oxford Mela 2025’ ले गैंडाकोटलाई शैक्षिक उत्सवको केन्द्र बनायो

गैंडाकोट, श्रावण २५ । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा ‘Oxford Mela 2025’ को भव्य उद्घाटन समारोह कलेज प्राङ्गणमा गरिमामय वातावरणमा सम्पन्न भएको छ। तीन दिनसम्म चल्ने यस मेलामा शैक्षिक, खेलकुद, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन्।

 

उद्घाटन समारोहको सभापतित्व कलेजका प्रिन्सिपल प्रा. डा. ई. हरि भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन विभागका डिन डा. दयाराज ढकाल हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारी र उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा स्वागत मन्तव्य BCA विभागीय सुसान्त तिवारीले राख्नुभएको थियो। साथै प्रज्ञा एकाडेमीका प्रिन्सिपल कपिल लामिछाने, मध्यबिन्दु मल्टिपल क्याम्पसका प्रिन्सिपल प्रा. गणेशमान गिरी र मेला संयोजक सक्षम भट्टराईले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको