नारायणी नदी इलाकामा पौडी खेल्न तथा जोखिमपूर्ण कार्यमा पूर्ण प्रतिबन्ध

गैंडाकोट, श्रावण २८ । गण्डकी प्रदेश र बागमती प्रदेशलाई जोड्ने नारायणी नदीको पुल क्षेत्रमा पछिल्ला केही दिनयता आत्महत्याका घटनाहरू दोहोरिन थालेपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ३१ हेडक्वाटर नवलपरासी पूर्वीले आजदेखि उक्त इलाकामा पौडी खेल्न तथा अन्य जोखिमपूर्ण गतिविधि गर्न पूर्ण प्रतिबन्ध घोषणा गर्दै अति संवेदनशील क्षेत्र घोषणा गरेको छ।

 

सशस्त्र प्रहरी बल गुल्म नम्बर ३१ का सहायक निरीक्षक गायत्रा घिमिरेका अनुसार हालको अवस्थाले सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न गराएको जानकारी गराउँदै पछिल्ला दिनहरूमा दिनहुँ जस्तो आत्महत्या तथा जोखिमयुक्त कार्य भइरहेकाले जनजीवन र सुरक्षालाई मध्यनजर गर्दै नदी आसपास क्षेत्रलाई ‘अति संवेदनशील क्षेत्र’ घोषणा गरिएको हो, घिमिरेले भने।

 

प्रहरी प्रशासनले सर्वसाधारणलाई सुरक्षामा सचेत रहन, आवश्यकबाहेक नदी आसपास नजान र यस्ता घटनाहरू रोक्न सहयोग गर्न सबै सर्वसाधारणहरूलाई अनुरोध गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको