कावासोती नारायणी नदी किनारमा महिलाको बेवारिसे शव फेला

कावासोती, साउन ३१ । नवलपुर पूर्वस्थित कावासोती नगरपालिका–१२ पिठौलीको नारायणी नदी किनारमा शनिबार साँझ करिब ५ बजे एक महिलाको शव फेला परेको छ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नदीले बगाइ ल्याएको अवस्थामा भेटिएको शव करिब ४०–४५ वर्ष उमेरकी देखिने महिलाको हो। शव निकै पुरानो भएकाले पूर्ण रूपमा सडगली सकेको प्रहरीले जनाएको छ।

 

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो। त्यसपछि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कावासोतीमा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार फेला परेकी महिलाको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको