गैंडाकोट, भाद्र १ । गैंडाकोटमा ३० लाख रुपैयाँ बराबरको लगानीमा आधुनिक शैलीको ‘मटन हाउस’ आइतबार देखि सञ्चालनमा आएको छ। व्यवसायलाई आत्मनिर्भर बनाउँदै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो मटन हाउस सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमको उद्घाटन गर्दै उद्योग वाणिज्य सङ्घ जिल्ला गैंडाकोट नवलपुरका अध्यक्ष दीपक सापकोटाले युवाहरूको लगानी र उद्यमशीलताले स्थानीय अर्थतन्त्रलाई सबल बनाउन मद्दत पुर्याउने बताएका छन्। उनले
“विदेश पलायन होइन, आफ्नै गाउँठाउँमा उद्यमशिलता गर्दै रोजगारी सिर्जना गर्ने आजका युवाहरूलाई समाजले सम्मान हुनुपर्ने जोड दिँदै यस मटन हाउसले मासुजन्य आहारका लागि भारततर्फ निर्भर रहनुपर्ने अवस्था घटाएर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेमा आफू विश्वस्त भएको बताए।
गैंडाकोट २ भिरकुटी चोकमा सञ्चालनमा आएको उक्त मटन हाउसका सञ्चालकहरूमा सबिन थापा, अमन थापा, सुनिल भण्डारी र सन्तोष क्षेत्री रहेका छन्। उनीहरूले संयुक्त रूपमा व्यवसाय सुरु गरेर स्थानीय बजारमा प्रतिस्पर्धात्मक तरिकाले स्वस्थ्य र गुणस्तरीय मासु उपलब्ध गराउने लक्ष्य लिएको बताएका छन्।
सञ्चालक मध्यका सबिन थापाले भने “हामीले सुरु गरेको यो मटन हाउसले विशेष गरी भारतबाट आउने खसीबोकाको आयातलाई न्यून पार्दै स्थानीय किसानको उत्पादनलाई बजार उपलब्ध गराउने लक्ष्य लिएको बताएका छन्। त्यस्तै अर्का सञ्चालक अमन थापाले
“यो व्यवसाय केवल आम्दानीको उद्देश्यका लागि मात्र होइन, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने साझा सोचसहित सुरु गरिएको हो। हाम्रो प्रयासले अन्य युवाहरूलाई पनि उद्यमशीलतामा प्रेरणा दिनेछ भन्ने हामीलाई विश्वास छ।”
सुनिल भण्डारीले आधुनिक शैलीमा सञ्चालन गरिएको व्यवसायमा स्वच्छता र गुणस्तरीय सेवा प्राथमिकतामा रहेको बताउँदै,
ग्राहकलाई विश्वास दिलाउने खालको गुणस्तर दिन हामी प्रतिबद्ध छौं । मटन हाउस का अर्का सञ्चालक सन्तोष क्षेत्रीले गैंडाकोटकै युवाले सुरु गरेको यो संयुक्त लगानीले स्थानीय बजारमा नयाँ र फरक पहिचान दिनेछ। भविष्यमा यसलाई अझ विस्तार गर्ने योजना हामीमा रहेको छ उनले भने ।
उद्घाटन कार्यक्रममा वडा नं. २ का अध्यक्ष प्रकाश सापकोटा, वडा नं. १ का अध्यक्ष सुरेन्द्र रेग्मी, होटल व्यवसाय सङ्घ गैंडाकोटका अध्यक्ष शिव पौडेल, व्यवसाय सङ्घका सल्लाहकार संयोजक कमल गौतमलगायतको उपस्थिति रहेको थियो। सञ्चाल मध्यकै एक युवा सबिन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्थानीय समाजसेवी युवा गोविन्द रेग्मीले उद्घाटन समारोहको सहजीकरण गरेका थिए।











