गैंडाकोट १३ का एमाले वडा कमिटी अध्यक्ष ऋषि गौतम पार्टी सदस्यताबाटै निष्कासन

गैंडाकोट, भदौ ७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गैंडाकोट नगर कमिटीले वडा नं. १३ का कमिटी अध्यक्ष ऋषि गौतमलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।

 

नगर कमिटीका अनुसार गौतमले पार्टीको मूल सिद्धान्त, नीति र विधानको गम्भीर उल्लङ्घन गर्दै विगत एक वर्षदेखि नियमित बैठकमा सहभागी नभएको, नगर कमिटीका बैठकहरूमा अनुपस्थित रहँदै विपक्षीलाई सहयोग पुर्‍याउने गतिविधि गरेको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याउने गरी सार्वजनिक अभिव्यक्ति दिएको लगायत कारण देखाएको छ ।

 

भदौ ५ गतेको बैठकमार्फत स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नआएपछि थप छानबिन गर्दा संगठनविरुद्ध षड्यन्त्र गर्दै गम्भीर क्षति पुर्‍याउने कार्य गरेको पुष्टि भएको नगर कमिटीले जनाएको छ। त्यसपछि आज भदौ ७ गतेको सचिवालय बैठकले उनलाई सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यताबाटै निष्कासन गर्ने निर्णय गरेको हो। गैंडाकोट नगर कमिटीका अध्यक्ष कृष्ण कडेलले पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गर्दै पार्टी एकता, अनुशासन र विचारधारालाई केन्द्रमा राखी अघि बढ्न सम्पूर्ण कमरेडहरूलाई सजग रहन आग्रह गरे।

 

पत्रकार सम्मेलनमा पार्टी प्रदेश कमिटी सदस्य एवं गैंडाकोट इन्चार्ज छत्रराज पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानहरी पौडेल, जिल्ला कमिटी सदस्य गिरिराज उपाध्याय, जिल्ला कमिटी सदस्य दिनेशराज न्यौपाने, जिल्ला प्रचार प्रसार विभागका सचिव हिमालदेव पंगेनी, नगर सचिव राजु भुसाल लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको