मुकुन्दसेन टिभीले गैंडाकोटमा गर्यो कनेक्ट बृहत् तीज गीत प्रतियोगिता

गैंडाकोट, भाद्र ८ । मुकुन्दसेन मिडिया प्रा.लि.ले गैंडाकोट ११ भेडाबारी गौचरणमा शनिबार आयोजना गरेको “कनेक्ट बृहत् तीज गीत प्रतियोगिता २०८२ भव्यताका साथ सम्पन्न भएको छ।

 

१८ वटा समूहबीच भएको प्रतिस्पर्धामा किड्स होम एकेडेमीका शिक्षिका समूहले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेको छ। त्यस्तै भेडाबारी सामुदायिक वन दोस्रो, प्रगतिशील आमा समूह तेस्रो तथा जनक उच्च मावि र सगरमाथा आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

 

कार्यक्रमका प्रमुख अतिथि मदनभक्त अधिकारी र विशिष्ट अतिथि गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

 

प्रतियोगितामा सहभागी समूहहरूले मौलिक तीज भाकामार्फत सांस्कृतिक जनचेतना जगाउने खालका प्रस्तुति दिएका थिए। सो अवसरमा गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारीले तीज जस्ता पर्वहरूले समाजमा एकता, भातृत्व र संस्कृतिको संरक्षणमा टेवा पुग्ने भन्दै यस किसिमका प्रतियोगिताहरूले नयाँ पुस्तालाई परम्परागत मूल्य मान्यतासँग जोड्ने काम गर्ने बताउँदै उनले आगामी दिनमा पनि नगरपालिका यस किसिमका सांस्कृतिक कार्यक्रमलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त

गरे ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको