गैंडाकोट उपप्रमुख शान्ति कोइरालाबाट तीजको शुभकामना : “गक्षअनुसार चाडबाड मनाऔं”

गैंडाकोट, भाद्र १० । गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले हरितालिका तीजको अवसरमा नगरवासी महिला दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

 

तीजलाई मौलिक र धार्मिक परम्परासँग गासिएको महत्वपूर्ण चाडका रूपमा व्याख्या गर्दै उहाँले यस पर्वलाई केवल मनोरञ्जन वा बाह्य प्रदर्शनको रुपमा मात्र नभई संस्कार, धर्म र आत्मिक चेतनासँग जोडेर मनाउनुपर्नेमा जोड दिएकी छन्। “तीज महिलाहरूले आफ्नो सुख–दुःख गीतमार्फत व्यक्त गर्ने, दिदीबहिनीबीच भेटघाट हुने र आत्मविश्वास उजागर गर्ने विशेष अवसर हो। यसलाई समाजका विकृति विसंगति विरुद्ध आवाज उठाउने सशक्त परम्परा पनि मान्न सकिन्छ,” उपप्रमुख कोइरालाले भनिन्।

 

चाडपर्व नजिकिँदै गर्दा फजुल खर्च र दिखावटतर्फ सचेत रहन आग्रह गर्दै उनले प्रत्येकले आफ्नो गक्षअनुसार नै चाडबाड मनाउनु उचित हुने धारणा राखिन्।

 

गैंडाकोट नगरपालिकाको तर्फबाट शुभकामना दिँदै उपप्रमुख कोइरालाले तीजलाई सभ्य, भव्य र सामाजिक सद्भाव बढाउने पर्वका रूपमा मनाउन नगरवासीलाई अपील गरेकी छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको