बसाई सरेर आएकालाई राजमो गैंडाकोटको स्वागत एवं सम्मान

गैंडाकोट, भाद्र १४ । राष्ट्रिय जनमोर्चा गैंडाकोट नगर समितिले नेपालका अन्य जिल्लाहरु तथा प्रवासबाट बसाईसराई गरि गैंडाकोटमा आएका मोर्चाका पुराना समर्थक एवं पार्टी सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ । शनिबार गैंडाकोटको द फ्यामिली क्याफेमा आयोजित एक समारोहमा उनीहरूलाई सम्मान एवं स्वागत गरिएको हो । स्वदेश तथा विदेशमा रही पाटी, मोर्चा र विभिन्न जनवर्गीय संगठन सहित राष्ट्रिय जनमोर्चामा आवद्ध भएर काम गरेका कार्यकर्ताहरूलाई एक समारोहका बीच अविर लगाएर र सल ओडाएर स्वगत एवं सम्मान गरिएको थियो । साथै, हालसालै गैडाकोटमा बसाई सराई गरि आएका मोर्चाका कार्यकर्ता र पुराना कार्यकर्ता बीच परिचयात्मक कार्यक्रम पनि राखिएको थियो । उक्त समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दीपक पाण्डेले विभिन्न समयमा, विभिन्न क्षेत्रमा बसेर राष्ट्रिय जनमोर्चामा काम गरेका २५ जना कार्यकर्ताहरू सम्पर्कमा आएको जानकारी दिँदै पार्टीलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरेका साथीहरूलाई संगठनमा ल्याएर स्वागत गर्नुपर्ने र उनीहरुलाई आउँदा दिनहरूमा मोर्चामा सक्रिय रुपमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका जिल्ला प्रवक्ता चन्द्र सापकोटाले देश र जनताको हितमा काम गर्ने एउटै शक्ति भनेको नेकपा मसाल मात्र रहेको र यो भनाइ पार्टी पंक्तिबाट भन्दा पनि पार्टी बाहिरका मान्छेहरुले भन्ने गरेको बताउनुभयो ।
ट्रेड युनियन महासङ्घ वानटुकका सभापति सालिकरााम सापकोटाले कार्यक्रममा आफ्ना भनाइहरु राख्दै राष्ट्रिय जनमोर्चाले देश र जनताको हितमा बोलेका विषयहरू अहिले आएर सत्य साबित भएको दाबी गर्नुभयो । यसै गरि अ. ने. म. सं. की जिल्ला अध्यक्ष विष्णु पाण्डेले बिभिन्न स्थानमा रहेर मोर्चामा योगदान पुर्‍याएका कार्यकर्ताहरुलाई गैंडाकोटमा स्वगत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । मोर्चाका गैंडाकोट नगर अध्यक्ष होमनाथ पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ऋषिराम कँडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव खिलेस्वरी धितालले गनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको