नेपाली कांग्रेस गैँडाकोट-४ मा बृहत् वडा भेला सम्पन्न, छ वटा उपसमिति गठन

गैँडाकोट, भदौ १७ । नेपाली कांग्रेस नगरकार्य समिति गैँडाकोटले तोकेको कार्यक्रमअनुसार वडा नम्बर ४ मा आज बृहत् वडा भेला सम्पन्न भएको छ।

 

कार्यवाहक सभापति रामचन्द्र घिमिरेको अध्यक्षतामा भएको भेलामा क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति सदस्य, टोल सभापति, भातृसंघका पदाधिकारी तथा जनप्रतिनिधिसहितको उपस्थिति रहेको थियो।

 

भेलामा नगरप्रतिनिधि तथा नगर सचिव गोविन्द घिमिरेले पार्टीको संगठनलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउँदै विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए। उनले कांग्रेसले सदैव जनताको सुखदुःखमा साथ दिएको उल्लेख गर्दै झुटो प्रचारप्रति प्रलोभित नहुन आग्रह गरे। साथै पार्टीको नेतृत्वमा मुलुकमा परिवर्तन, विकास र सुशासन आएको र रोजगारीको अवसर पनि कांग्रेसकै पालामा सुनिश्चित हुने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा पूर्व जिल्ला सल्लाहकार टोलनाथ घिमिरे, महाधिवेशन प्रतिनिधि संगीता घिमिरे, पूर्व जिल्ला सदस्य कमल पराजुली, कमला तिवारी, वडाध्यक्ष तेजप्रसाद घिमिरे, पूर्व वडाध्यक्ष कृष्ण न्यौपाने, महिला संघ सभापति लक्ष्मी पोखरेल, शुभश्री टोल कार्यसमिति सभापति ढुण्डिराज रिमाललगायतले मन्तव्य राखेका थिए।

 

भेलाले छ वटा उपसमिति गठन गरेको छ। जसअन्तर्गत वडा सम्मेलन तयारी समितिको संयोजकमा रामचन्द्र घिमिरे, महिला समन्वय समिति संगीता पण्डित घिमिरे, घरदैलो अभियान समिति दामोदर तिवारी, सामाजिक सञ्जाल परिचालन समिति रोशन दर्लामी मगर, खेलकुद तथा सांस्कृतिक परिचालन समिति प्रकाश पौडेल र भातृ संघ तथा युवा परिचालन समितिको संयोजकमा पदम रानाभाटलाई चयन गरिएको छ। कार्यक्रमको सहजीकरण वडा सहसचिव प्रदीप तिवारीले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको