गैँडाकोटमा रेडक्रस दिवसका अवसरमा खुला रक्तदान, ५० जनाले गरे रगतदान

गैँडाकोट, भदौ १९ । नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी गैँडाकोट आदर्श उपशाखाको आयोजनामा तथा रोटरी क्लब अफ गैँडाकोट, गैंडाकोट नमुना माध्यमिक विद्यालयको सहकार्यमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नियमित रक्तदानलाई जीवन रक्षासँग प्रत्यक्ष सरोकार हुने सामाजिक अभियान भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले भने, “रक्तदान जीवनदान मात्र होइन, मानवताको महान सेवा हो। युवापुस्ताले यसलाई अभियानकै रूपमा अघि बढाउन जरुरी छ।”

 

त्यस्तै प्रमुख अतिथि अधिकारीले रेडक्रस दिवसको महत्व उल्लेख गर्दै “मानवता, करुणा र सेवाभावमा आधारित रेडक्रसले दिएको योगदान प्रेरणादायी भएको बताएका छन्।

 

आयोजकको तर्फबाट नेपाल रेडक्रस सोसाइटी गैँडाकोट आदर्श उपशाखाका अध्यक्ष उमाकान्त सापकोटाले रक्तदानलाई समाजकै लागि महान योगदान भन्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले भने, “रक्तदान जस्तो जीवनदायी अभियानलाई निरन्तरता दिन हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।”

 

कार्यक्रममा ७९ पटक रक्तदान गरिसकेका गैँडाकोटका चन्द्रदत्त पौडेललाई प्रमुख अतिथिले ब्लडब्याग हस्तान्तरण गर्दै सम्मान गरेका थिए।

 

सो अवसरमा १५ महिला सहित ३५ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपुर जिल्लाका उपमन्त्री निराजन चौधरी विशेष अतिथिका रूपमा सहभागी थिए।

 

कार्यक्रममा विष्णुप्रसाद शर्मा, हिरालाल अर्याल, गोपेन्द्र केशरी न्यौपाने, डा. प्रमोद पौडेल, श्रीनिवास पौडेल, रमेश काफ्ले, सिता सापकोटा, शारदा ढकाल, विष्णुमाया पन्थी, बामदेव घिमिरे, तिलकराम पन्थी, माया शर्मा, पुष्कल भट्टराई, लक्ष्मण कँडेल, सुभाष आचार्यलगायतको उपस्थिति थियो।

 

कार्यक्रममा रेडक्रस आदर्श उपशाखाकी उपाध्यक्ष कमला तिवारीले स्वागत मन्तव्य दिएकी थिइन् भने सचिव डोलराज पाण्डेले सहजीकरण गरेका थिए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको