गैडाकोटमा एमाले नेता सडानन्द लामिछानेको घरमा तोडफोड र आगजनी

गैडाकोट, भाद्र २४ । जेनजी आन्दोलन दोस्रो दिन अझै उग्र बनेको छ। प्रदर्शनकारीहरूले आज दिउँसो गैडाकोट नगरपालिका-१ निवासी एमाले नेता सडानन्द लामिछानेको घरमा समेत आक्रमण गर्दै तोडफोड र आगजनी गरेका छन्।

 

लामिछाने एमालेका पुराना नेता तथा हाल नवलपुर जिल्ला कमिटी उपसमितिमा रहेका छन्। प्रदर्शनकारीहरूको समूहले उनको घरमा प्रवेश गरी पार्किङमा राखिएका निजी दुई मोटरसाइकलमा आगजनी गरेका छन्। साथै, घरभित्र रहेका सामग्रीहरू समेत जलाइएकाे बुझिएको छ। घरको ढोका, सिसा र अन्य फर्निचरमा पनि ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

 

स्थानीय बासिन्दाहरूले आगलागी नियन्त्रण गर्न प्रयास गरे पनि आक्रोशित भिडका कारण समयमा नियन्त्रणमा लिन सकिएन। घटनापछि स्थानीय वातावरण तनावग्रस्त बनेको छ।

 

लामिछानेले यस घटनालाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गर्दै कडा शब्दमा निन्दा गरेका छन्। उनका अनुसार, “शान्तिपूर्ण विरोधलाई हिंसामा बदल्नु लोकतन्त्रको आत्मालाई कमजोर पार्ने काम हो।”

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको