गैँडाकोट नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने

गैँडाकोट, भाद्र २५ । हालैदेखि जारी जेनजेड (Gen Z) समूहको आन्दोलनका कारण गैँडाकोट नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बुधबार एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने जानकारी दिएका हुन्।

 

सूचनामा उल्लेख भएअनुसार आन्दोलनका क्रममा नगरपालिकाको कार्यालय र विभिन्न वडाहरूमा भौतिक क्षति पुगेकाले सुरक्षालाई ध्यानमा राखी मिति २५ भाद्रदेखि अर्को सूचना जारी नभएसम्मका लागि सामान्य प्रशासनिक सेवा रोकिएको जनाइएको छ। तर, जनतालाई अत्यावश्यक सेवा भने निरन्तर रूपमा उपलब्ध हुने नगरपालिकाले स्पष्ट पारेको छ।

 

नगरपालिकाले यस घटनाबाट सेवाग्राहीहरूलाई परेको असुविधाप्रति खेद प्रकट गर्दै सबैलाई आवश्यक सहयोग र समझदारीका लागि आग्रह समेत गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको