आन्दोलनका कारण गैँडाकोटका शैक्षिक संस्था दुई दिन बन्द हुने

गैँडाकोट, भाद्र २५ । गैँडाकोट नगरपालिकाका सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द हुने भएका छन्। मिति २०८२ भदौ २३ गतेदेखि जेनजेड समूहद्वारा गरिएको आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, नवलपुर (बर्दघाट सुस्ता पूर्व) ले दिएको निर्देशनअनुसार भदौ २६ र २७ गते नगरका विद्यालय, क्याम्पस लगायत सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको हो।

गैँडाकोट नगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द रहने सूचना सार्वजनिक गरेको हो। विज्ञप्तिमा भनिएको छ, “नागरिकको जनजीवन सुरक्षित राख्नुपर्ने बाध्यताअनुरूप यही भाद्र २६ र २७ गतेका लागि यस गैँडाकोट नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेद्वारा हस्ताक्षरित सूचनामा आन्दोलनका कारण शिक्षा क्षेत्र प्रभावित भएको र विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सजग रहन समेत अनुरोध गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको