नवलपुरमा निषेधाज्ञा हटाइयो

नवलपुर, भदौ २८ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा जारी गरिएको निषेधाज्ञा आज बिहानदेखि हटाइएको छ।

 

जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २०८२ भदौ २८ गते बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको जनाएको हो। जिल्लाको शान्ति सुरक्षा अवस्थाको मूल्याङ्कनपछि विशेष परिस्थितिका आधारमा निषेधाज्ञा अन्त्य गरिएको प्रशासनले स्पष्ट पारेको छ।

 

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको