गैंडाकोट नगरपालिकामा स्थगित सेवाहरू पुनः सुचारु हुने

गैंडाकोट, भाद्र ३० । हालैको Gen Z आन्दोलनका कारण केही दिनदेखि स्थगित रहेका गैंडाकोट नगरपालिकाका सबै सेवा अब पुनः सुचारु हुने भएका छन्।

 

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै भाद्र २३ गतेदेखि आन्दोलन र त्यसपछिका असामान्य परिस्थितिका कारण अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा रोकिएको भए पनि अब अवस्था सामान्य बनेकोले भाद्र ३१ गते मंगलबारदेखि नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूबाट सम्पूर्ण सेवा सुचारु हुने जनाएको छ।

 

उक्त सूचना प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सार्वजनिक गरेका हुन्। नगरपालिकाले सेवाग्राहीलाई आवश्यक कामका लागि सहज रुपमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको