गैडाकोटमा मोटरसाइकल र स्कुटर ठक्कर, दुई जना घाइते

गैडाकोट, असोज १६ । नवलपुरको गैडाकोट नगरपालिका ६ गैंडाचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

 

बिहिबार अपराह्न करिब ४ बजे पूर्वतर्फ गैंडाचोकबाट पश्चिम कालिका चोकतर्फ जाँदै गरेको प्रदेश-०२-०३-००७ प ३८७७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना.५४ प ५९०५ नम्बरको स्कुटर आपसमा ठक्कर खाएको हो।

 

दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट-६ टोलटोले बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र पछाडि सवार उनकी श्रीमती २३ वर्षीया दुर्गा विक घाइते भएको प्रहरीले जनाएको छ। विश्वकर्माको शरीरका विभिन्न भागमा चोट लागेको छ भने दुर्गा विकको नाक र टाउकोमा चोट लागेको छ।

 

घाइते दुवैजनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको