सम्भावित विपद् व्यवस्थापन कार्यमा गैंडाकोट नगरपालिका

गैंडाकोट, असोज १८ । गैंडाकोट नगरपालिकाले आफ्नो मातहतमा रहेका विपद् समितिहरू सक्रिय बनाएको जानकारी दिएको छ।

 

गैंडाकोटका नारायणीनदी, जय श्रीखोला, झराई खोला जस्ता ठूला नदी एवं खोलाले उत्पन्न गराउने सम्भावित दुर्घटना न्यूनीकरणका लागि नगरपालिकाले आफ्नो काम सुरु गरिसकेको नगर प्रमुख मदनभक्त अधिकारीले जानकारी दिएका छन्। प्रत्येक वर्ष नदी कटान, बाढी र डुबानको धेरै जोखिम रहेका नदी किनारमा ढलान, ग्याबिन, पर्खाल र तटबन्ध निर्माण गर्ने कार्य यस अघिनै सम्पन्न गरिसकेका छौं । यो बर्खामा पनि संवेदनशील वडाहरूमा मोनिटरिङ टोली सक्रिय गरिएको छ।” उनले थपे, “तात्कालिक अवस्थामा कुनै परिवार प्रभावित भए तुरुन्तै तात्कालिक राहत, अस्थायी बसोबास, खाना र स्वास्थ्य सेवा उपलब्ध गराउने प्रावधान गरिएको छ, यसका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोष सञ्चालन गरेको छ।”

 

यस विषयमा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय रामचन्द्र लामगादेले “विपद व्यवस्थापन सम्बन्धी अहिले नै कुनै तयारी नरहेता पनि विपत व्यवस्थापन समितिलाई सक्रिय गराउँदै भवितव्यका लागि आफूहरू स्थानीय सुरक्षा निकायहरूसँग सम्पर्कमा रहिरहेको जानकारी गराए । सोही विषयमा विपत व्यवस्थापन समिति संयोजक प्रकाश सापकोटाले “नदी किनारमा रहेका स्थानीयहरूलाई सचेत बनाउनुका साथै स्वयंसेवक, प्रहरी र सम्बन्धित निकायहरूलाई सक्रिय बनाइएको जानकारी दिए ।

 

त्यस्तै, प्रहरी र सशस्त्र प्रहरी बलका स्थानीय प्रमुख हरूले नदी कटान हुने सम्भावित क्षेत्र पहिचान गरेर उपकरणसहित तयारी अवस्थामा रहेको बताउँदै आवश्यक परे डोजर, डुंगा र जनशक्ति परिचालन गर्ने योजना सहित कुनै सम्भावित घटना घट्नेबित्तिकै उद्धार कार्यमा खटिने तयारी गरिएको जानकारी गराएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको