गैंडाकोट, कात्तिक ६ । गैंडाकोट-५ महेन्द्र राजमार्गस्थित कुमारी बैंक अगाडि बिहिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक अचेत अवस्थामा फेला परेका छन्।
बिहान करिब ४ बजे मर्निङ वाकमा निस्किएका स्थानीयले सडक बारमा ठोक्किएको ग ५ प ८३८१ नम्बरको होण्डा युनिकन मोटरसाइकलका चालक अचेत अवस्थामा देखेपछि तत्काल प्रहरी लाई खबर गरेका हुन्।
घाइतेलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा चितवन सीएमसी अस्पताल पठाइएको छ। दुर्घटना भएको सही समय यकिन गर्न नसकिएको बताइएको छ। चालकको परिचय खुल्न बाँकी रहेकोले कसैले चिनेमा खबर गर्न अनुरोध गरिएको छ।








