मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) लामो दुरीको रमाइलो व्यवसायिक यात्रा हुने भएपनि खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथीसँग आत्मियताको कमि हुनेछ भने एक्लो पनको महशुष हुनेछ । साझेदारी व्यवसायमा अविश्वास सिर्जना हुनेछ । बिहानको समय राम्रो प्रविधिको प्रयोग गरेर अध्ययनलाई निरन्तरता दिन सकिनेछ । ऋण, रोग तथा सत्रुबाट छुटकारा पाइनेछ । कुटुम्ब तथा मावली पक्षको सहयोग पाइनेछ
बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) समय तथा परिस्थितिअनुसार चल्न नसक्दा अलिक दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौति आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिंदा राम्रो हुनेछ। धार्मिक सामानको व्यापारमा वृद्धि हुनेछ भने धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघटला भन्न सकिन्न । लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै समय खर्चिनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला, स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउनेछ । एकल तथा साझेदार व्यापार फस्टाएर जानेछ । व्यापारकै शिलशिलामा रमाइलो यात्रा तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ । खानपान, भेटघाट, तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । अध्ययन वा कामको शिलशिलामा यात्रा हुने ग्रहयोग रहेकोछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरु स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना छ । पुराना मित्रहरुसँग भेटी समय व्यतित गर्न पाउदा मन प्रशन्न हुनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पों) पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । असजिलो परिस्थितिलाई बुद्धिमता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढेर नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको हयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यु) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले काम वा अध्ययनमा बाधा हुनेछ । र, पनि काम वा अध्ययनको शिलशिलामा लामो दुरीको यात्राको तय हुनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा वित्तीय पेशासँग सम्बन्धित कामहरुबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीसँग थप आत्मिय भाव बढ्नेछ ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले विशेष ध्यान दिनुहोला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा) व्यवसाय कै सन्दर्भमा लामो दुरीको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यववसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वस्फुर्त रुपमा अगाडि बढ्नेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानून संवत काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानशिक तनाव बढ्नेछ ।







