बिनयी त्रिवेणीमा ट्रक हिलोमा फस्दा राजमार्ग अवरुद्ध

नवलपरासी, कार्तिक १५ – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका-२ घ्युखोला स्थित पूर्व-पश्चिम राजमार्ग शनिबार साँझ केही समयका लागि अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ करिब ६ः३० बजे अरुणखोलाबाट बर्दघाटतर्फ जाँदै गरेको माटो लोड गरेको बा.प्र.०३-००१ ख २१५८ नम्बरको ट्रक हिलोमा फसेपछि सडक दुबै तर्फबाट अवरुद्ध भएको हो।

घटनापछि सवारीसाधनहरूको लामो लाइन लागेको बताइएको छ। ट्रक निकाल्ने प्रयास स्थानीयवासी र प्रहरीले जारी राखेको प्रहरीले जनाएको छ।

हिलो र पानीका कारण सडक सतह कमजोर बनेकोले ट्रक फसेको प्रारम्भिक अनुमान गरिएको छ। सम्बन्धित निकायले सडक सुचारु गराउने काम तीव्र रूपमा गरिरहेको बताइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको