स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित, “हाम्रो १०% मेहनत समेत रोकियो”

गैंडाकोट, कार्तिक १७ ।नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत कार्यरत दर्ता सहयोगीहरू हाल आन्दोलित बनेका छन्। उनीहरूले वर्षौंदेखि स्वास्थ्य बीमा बोर्डबाट पाउँदै आएको १०% प्रोत्साहन रकम लामो समयदेखि नपाएको गुनासो गरेका छन्।

 

दर्ता सहयोगीहरूका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई गाउँगाउँमा विस्तार गर्न उनीहरूले निरन्तर मेहनत गरे पनि आफ्नै मेहनत स्वरूप दिइने प्रोत्साहन रकम नआएपछि निराशा चुलिएको छ। नवलपुर जिल्लाका दर्ता सहयोगी होमनाथ पौडेलका अनुसार “हामीले घरघरमा गएर बीमाको प्रचार-प्रसार गर्‍यौं, बीमित परिवार थप्यौं, तर अन्ततः आफ्नो हकको १०% पनि पाउन सकिरहेका छैनौं।”

 

दर्ता सहयोगीहरूले स्थापनाकालदेखि नै १०% प्रोत्साहन रकम स्वरूप पाउँदै आएको स्मरण गर्दै अब उक्त दर वृद्धि गरी २०% पुर्‍याउन माग गरेका छन्। उनीहरूको भनाइमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन उनीहरूको भूमिका महत्वपूर्ण रहे पनि त्यसको उचित मूल्यांकन र पारिश्रमिकको सुनिश्चितता हुन सकेको छैन।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको