जेनजी अगुवा सुदन गुरुङको गृहमन्त्रीप्रति आक्रोश : “जनताको भरोसा पूरा गर्न सकेनन्”

 

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति तीव्र आक्रोश पोखेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ को भन्दै आलोचना गरेका छन्।

गुरुङका अनुसार जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही नगरिएको छ। उनले भने,
“तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही’ गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो । शहीदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् ।”

उनले गृहमन्त्री अर्यालसँग अब आशा मरिसकेको उल्लेख गर्दै,
“चुनावको नाटक नचलोस् । ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन ।”
भनेका छन्।

त्यसैगरी उनले प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि संकेत गर्दै गृहमन्त्रीलाई चेतावनी दिएका छन्। गुरुङले भने,
“अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ । प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो ।”

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको