त्रिवेणी साहित्य परिषद्‌द्वारा तीन विधामा पुरस्कार घोषणा

गैंडाकोट, कार्तिक २३ । नवलपुरको अग्रज साहित्यिक संस्था त्रिवेणी साहित्य परिषद्ले यस वर्षका विभिन्न तीन पुरस्कारहरू घोषणा गरेको छ। परिषद्ले वाङ्मय, कला र चित्रकला विधामा प्रदान गरिने पुरस्कारहरूको नाम सार्वजनिक गरेको हो।

परिषद्का अध्यक्ष इन्द्रराज पौडेलका अनुसार त्रिवेणी सूर्यभक्त-पतनादेवी स्मृति वाङ्मय पुरस्कार यस वर्ष पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल (वायस्यान्) लाई प्रदान गरिने भएको छ। सो पुरस्कारको राशि रु. २५,००० रहेको छ।

त्यस्तै त्रिवेणी गोराबी कला पुरस्कार यस वर्ष चितवन निवासी चित्रकार लालकाजी लामालाई प्रदान गरिनेछ। यो पुरस्कारको राशिसमेत रु. २५,००० रहेको परिषद्ले जनाएको छ।
यसै वर्षको त्रिवेणी होमनाथ-भगवती कला-वाङ्मय पुरस्कार पोखरा निवासी वरिष्ठ चित्रकार गोपाल श्रेष्ठलाई प्रदान गरिने भएको छ। सो पुरस्कारको राशि रु. १५,००० रहेको छ।

अध्यक्ष पौडेलका अनुसार आगामी मङ्सिर २० गते विशेष समारोहका बीच उक्त पुरस्कारहरू प्रदान गरिनेछ। परिषद्‌ले स्थापना कालदेखि नै साहित्य, कला र सिर्जनात्मक योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको