कावासोतीमा गोठमा आगलागी, पराल र काठपात नष्ट

गैंडाकोट,मङ्सिर १। कावासोती नगरपालिका-१४, सिमाना चोकमा सोमबार दिउँसो आगलागी हुँदा एक गोठमा रहेको पराल र काठपात जलेर नष्ट भएको छ।

 

सोमबार दिउँसो करिब १२:४० बजे गुरुदत्त ढकालको घर नजिक रहेको एक तले टिनले छाएको गोठमा आगलागी भएको हो। छिमेकी मिठु सुवेदीले बारीमा भुस जलाउने क्रममा आगो अचानक फैलिँदै गोठमा पुगेर आगलागी भएको स्थानीयले बताए।

 

आगलागीबाट गोठमा भण्डारण गरिएको झण्डै ५० कठ्ठा बराबरको पराल तथा काठपात जलेको प्रहरीले जनाएको छ। मानविय तथा चौपायाको कुनै क्षति नभएको र क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासी, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको