गैंडाकोट, मङ्सिर १ । गैंडाकोट नगरपालिका–५ मधुमार्गस्थित एक घरमा गए हप्ता भएको चोरीप्रकरणले स्थानीय बासिन्दा त्रसित भएका छन्। घरमा कोही नभएको अवसर छोप्दै अज्ञात समूहले मूल गेटको तालाचाबि फोडेर प्रवेश गरी मातृभूमि टोल मधुमार्ग निवासी शंकरजी खरेल वैदेशिक यात्रामा रहेको समयमा चोरी भएको हो।
मातृभूमि टोलकी अध्यक्ष बिन्दु लामिछानेका अनुसार चोरीमा ७० तोलाभन्दा बढीका विभिन्न बहुमूल्य सामग्री चोरी भएको छ। उनकाे भनाइमा घटना रातको समयमा भएको अनुमान गरिएको छ।
पछिल्लो समय गैंडाकोट क्षेत्रमा निरन्तर रूपमा चोरीका घटनाहरू वृद्धि हुँदै गएपछि स्थानीयवासीले सुरक्षा व्यवस्थामा कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।







