हरिहर मन्दिरमा शिव मूर्ति अनावरण तथा विद्युतीय फोहरा उद्घाटन

पूर्वी नवलपरासी, गैंडाकोट–७ शीतलनगर गैरीस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिसरमा भगवान शिवको मूर्ति अनावरण तथा विद्युतीय फोहराको शुभारम्भ गरिएको छ। मन्दिर परिसरमै आयोजित समारोहमा श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती र गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले संयुक्त रूपमा मूर्ति अनावरण र फोहराको उद्घाटन गरेका हुन्।

मन्दिर परिसरमा स्व. पिता नन्दलाल सापकोटा र स्व. माता पवित्रा सापकोटाको स्मृतिमा गैंडाकोट-७ का वसन्त सापकोटा र विष्णुकुमारी सापकोटाले स्थापना गरेको ८२ केजी तौलको घन्टीको पनि सोही अवसरमा अनावरण गरिएको थियो। कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला र प्रशासकीय अधिकृत रामचन्द्र लामगादे विशेष अतिथि रहेका थिए।

विद्युतीय फोहरा तथा भगवान शिवको मूर्ति स्व. रनबहादुर थापाको स्मृतिमा उनकी श्रीमती फूलमाया थापा, छोराछोरीहरू अमित, लक्ष्मी, सुजन, सरिता र सन्तोष थापा परिवारको सहयोगमा निर्माण गरिएको हो। करिब ८ लाख रुपैयाँ लागतमा निर्माण भएका फोहरा र मूर्तिको खर्च थापा परिवारले व्यहोरेको जानकारी गराइएको छ।

 

कार्यक्रम कार्यवाहक अध्यक्ष जमुना कण्डेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण सहसचिव भानुभक्त सापकोटाले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको