महेश बस्नेतले पनि आफू सवार गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरेका छन् । ‘एयरपोर्टबाट निस्किँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए’, बस्नेतले भने, ‘पछि पुलिसले समायो । हामी चाहिँ हिँड्यौं ।’
कार्यक्रममा जान अवरोध पुर्याउन खोजिएको भन्दै बस्नेतले यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन् ।







