हुप्सेकोटमा छोराको कुटपिटबाट बाबुको मृत्यु

नवलपुर, मंसिर १० । हुप्सेकोट गाउँपालिका-१ जुगेपानीका ६० वर्षीय रामबहादुर बि.क.को छोराले कुटपिट गर्दा मृत्यु भएको छ। पारिवारिक विवादका क्रममा उनका करिब ३० वर्षीय छोरा सन्तकुमार बि.क.ले आइतबार राति झगडा हुने क्रममा कुटपिट तथा मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ।

 

गम्भीर घाइते भएका रामबहादुरलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। अस्पतालले सोमबार राति १२:१५ बजे उनलाई मृत घोषणा गरेको हो।

 

घटनास्थलमा प्रहरी नानी विजय गुरुङको कमान्डमा चार जनाको टोली परिचालन गरिएको थियो। प्रहरीले फरार नबनेको सन्तकुमारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नवलपुर (पूर्व)मा राखी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको