१८ औं राष्ट्रपति रनिङ शिल्ड नवलपुर: गैंडाकोट १५ स्वर्णसहित प्रथम

नवलपुर, मङ्सिर १६। नवलपुरमा सम्पन्न १८ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गैंडाकोट नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै पदकतालिकामा पहिलो स्थान हासिल गरेको छ। जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना तथा नारायणी गण्डकी साधारण तथा संस्कृत माध्यमिक विद्यालय, विनयी त्रिवेणी-६ को संयोजनमा आइतबार सुरु भएको प्रतियोगिता सोमबार समापन गरिएको हो। दुई दिनसम्म चलेको प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट्स, कबड्डी र भलिबलका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गराइएको थियो।

 

गैंडाकोट नगरपालिकाले १५ स्वर्ण, ८ रजत र १२ कास्य पदक सहित कुल ३५ पदक प्राप्त गर्दै जिल्लामा पहिलो स्थानमा रह्यो। मध्यविन्दु नगरपालिकाले १२ स्वर्ण, ११ रजत र १८ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्‍यो भने कावासोती नगरपालिकाले ११ स्वर्ण, १० रजत र १७ कास्यका साथ तेस्रो भयो। अन्य स्थानीय तहहरूको पदकस्थिति देवचुली नगरपालिका- ११ स्वर्ण, ८ रजत, १२ कास्य, बौदीकाली गाउँपालिका – २ स्वर्ण, ८ रजत, २ कास्य विनयी त्रिवेणी गाउँपालिका – २ स्वर्ण, ३ रजत, २ कास्य बुलिङटार गाउँपालिका -१ स्वर्ण, ३ रजत हुप्सेकोट गाउँपालिका – ४ रजत, १३ कास्य प्रतियोगितामा सामुदायिक तथा संस्थागत दुबै श्रेणीमा सफलताको सँगै गैंडाकोट नगर क्षेत्रमा उत्साहपूर्ण वातावरण देखिएको थियो। सोमबार नगरपालिकाका कर्मचारी, विद्यार्थी, खेलकुदकर्मी तथा जनप्रतिनिधिहरूको सहभागितामा विजय र्याली निकालेर नगर परिक्रमा गरिएको थियो।

 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय तहका विद्यार्थीहरूमा खेलप्रतिको आकर्षण, प्रतिभा विकास र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको