नेपाल शिक्षक संघ गैंडाकोट नगर कार्यसमितिको सपथ तथा पदभार ग्रहण सम्पन्न

गैंडाकोट, फागुन ९ । नेपाल शिक्षक संघ गैंडाकोटको सातौँ स्थानीय प्रतिनिधि भेला तथा तेस्रो अधिवेशनबाट गठित नयाँ कार्यसमितिको सपथ तथा पदभार ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

फागुन २ गते सम्पन्न स्थानीय तहको प्रतिनिधि सभाबाट निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम जिल्लाबाट खटिनुभएका फोकल पर्सन तथा नेपाल शिक्षक महासंघका अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गैंडाकोटका सभापति बद्री सापकोटाले शिक्षकहरूको ट्रेड युनियन अधिकार संरक्षणमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका उपाध्यक्ष विष्णुप्रसाद रिजाल, जिल्ला अध्यक्ष इन्द्रराज भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यस्तै नेपाल शिक्षक महासंघ गैंडाकोटका अध्यक्ष शिवराज काफ्ले, निवर्तमान जिल्ला अध्यक्ष चूडामणि शर्मा कण्डेल, निवर्तमान अध्यक्ष सूर्यनाथ तिवारी, जनक नमुना माविका प्रधानाध्यापक बुद्धिसागर पण्डितलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण निवर्तमान सचिव मोहन भण्डारीले गरेका थिए।

यसअघि सम्पन्न भेलाले शिक्षक गोविन्द रिमालको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यसमिति गठन गरेको थियो। नवगठित समितिको उपाध्यक्षमा दीपक लुइँटेल, महिला उपाध्यक्षमा यमकुमारी रेग्मी, सचिवमा दीपक ढुङ्गाना, अर्थ सचिवमा नारायण कंडेल, सह-सचिवमा रेवती खनाल, महिला सह-सचिवमा शुष्मा घिमिरे, समावेशी सह-सचिवमा ईश्वरी वि.क र राधिका रेग्मी तथा अर्थ सह-सचिवमा मञ्जु वि.क चयन भएका छन्।

समितिका सदस्यहरूमा चुमप्रसाद बाचे, शुसिल कोइराला, निलकण्ठ आचार्य, बिष्णु पौडेल, चूडेश्वर भट्टराई, मनोज पण्डित र बिष्णुमाया त्रिपाठी रहेका छन्। पदभार ग्रहण लगत्तै बसेको पहिलो बैठकले महत्वपूर्ण छ वटा निर्णयहरू गरेको सचिव दीपक ढुङ्गानाले जानकारी दिएका

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको