गैंडाकोट, १६ भदौ । गैंडाकोट नगरपालिका – ७ गैरीमा रहेको हरिहर मन्दिर परमानन्द सन्यास आश्रमले नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा धार्मिक सामाजिक जागरण र एकताका लागि “धर्म संस्कृतिको महत्त्व :यसको संरक्षणमा हाम्रो दायित्व” विषयक बृहत खुला तीज गीत प्रतियोगितामा गर्ने भएको छ ।
भदौ २१ गते तीजका दिन मन्दिर परिसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तन्वलाई आकर्षक नगद पुरस्कारको समेत व्यवस्था गरिएको मन्दिर समितिका सहसचिव भानुभक्त सापकोटाले जानकारी दिए ।
पछिल्लो समय स्थानीयको सक्रियतामा मन्दिर वरपर सरसफाई गरी मन्दिरलाई चिटिक्क पारिएको छ । हरिहर मन्दिर परमानन्द सन्यास आस्रममा नेपालकै ठुलो महाशिवलिङ समेत सस्थापित छ ।