भूमकिा गैरे तमिल्सिनाको “तप” लघुकथा

ताप – लघुकथा

आमाले छोरीलाई झम्टएिको देखेर सुन्दरीले भनी,’मैयाँले साह्रै दुख पाई, आखिरी ! सौतेनी आमा न परी, बाउ पनि उस्तै छ । आमाको इशारामा नाच्छ, केही भन्न सक्दैन ।’

‘आफ्नी पनि त छोरी छे तर त्यसलाई केही भन्दनि, काम पनि लगाउँदनि । सौतेनी आमाको जात जनाइहाल्नु पर्ने रहेछ ।’ मालतीले खासखुस गरी ।

‘घरको बाहरि, भित्रि सबै काम उसैले धानेकी छे, कस्तो माया पनि नलाग्ने रहेछ ? आफ्नै आँखा अगाडि अन्याय देखेको छ तर हामीले केही भन्नै हुँदैन, खाउला जस्तो गर्छे ? तिमीहरूले नै लगेर पाल न भन्छे ।’ सुन्दरी फत्फताई ।

‘चाडपर्व आउँछ तर अहँ, त्यो केटीले एकसरो लुगा फेर्न पाउँदनि । पेटभरि खान पनि पाउँदनि । दुष्टले नोकर्नी नै बनाएर राखेकी छे ।’ अमिलो मन पार्दै मालती बोली ।

सुन्दरी र मालती कुरा गर्दै थिए । मैयाँले आमाको दुर्व्यबहारको प्रतकिार गरोस् न भन्ने उनीहरूलाई लाग्दै थियो तर झम्ट्याई खाएकी ऊ त नमस्कार गर्दै, बढो उत्साहति भएर भन्दै थिइ, तिमीले दिएको कठोर तपको फलले आज हरेक चुनौतीमा खरो उत्रन सकेकी छु । धन्यवाद, आमा !

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको