हुप्सेकोटको राम्चेमा जमिन भासिएपछि ७ घरपरिवार जोखिममा, प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह

नवलपुर, श्रावण ५। जिल्लाको हुप्सेकोट गाउँपालिका-५ राम्चेस्थित रुपकला प्राथमिक विद्यालय क्षेत्र र आसपासको जमिन चर्किन थालेपछि स्थानीय ७ घरपरिवार उच्च जोखिममा परेका छन्।

सोमबार साँझ करिब ७:०० बजेको समयमा विद्यालय नजिकैको बाटो, प्राङ्गण तथा आसपासका बस्तीको जमिन चर्केको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

घटनास्थल पुगेको प्रहरी टोलीले सम्भावित पहिरो तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सम्झाई-बुझाई गरी सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

जमिन चर्केका कारण राम्चेका ७ घरधुरीका कुल ३१ जना सदस्य प्रत्यक्ष जोखिममा परेका छन् । जमिन चर्किने क्रम नरोकिएकाले सो क्षेत्रमा थप क्षति हुन नदिन प्रहरीले निरन्तर निगरानी बढाएको छ भने स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने पहल भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको