गैंडाकोटमै करदाता सेवा विस्तार, कावासोती धाउनुपर्ने बाध्यता हट्यो

गैंडाकोट, मङ्सिर १ । राष्ट्रिय कर दिवस २०८३ को अवसर पारेर गैंडाकोट नगरपालिकामा करदाता सेवा कार्यक्रम मङ्गलबारदेखि औपचारिक रूपमा विस्तार गरिएको छ ।

 

गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारीको पहल र समन्वयपछि आन्तरिक राजश्व कार्यालय कावासोती र गैंडाकोट नगरपालिकाबीच सेवा विस्तार तथा हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा आन्तरिक राजश्व कार्यालय कावासोतीका प्रमुख युगल किशोर गौतम र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै अब गैंडाकोट क्षेत्रका उद्योगी, व्यवसायी तथा करदाताहरूले सामान्य करसम्बन्धी कामका लागि जिल्ला सदरमुकाम कावासोतीसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।

स्थानीयस्तरमै सेवा प्रवाह गर्ने उद्देश्यसहित कर प्रशासनलाई विकेन्द्रीकृत गरिएको नगरपालिकाले जनाएको छ । आफ्नै नगरबाट करसम्बन्धी सेवा पाउने भएपछि स्थानीय उद्योगी तथा व्यवसायीहरूले सहजता महसुस गर्दै नगरको यस कदमको स्वागत गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको