अमरापुरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

गैंडाकोट, असोज १९ । गैंडाकोट नगरपालिका वडा नम्बर १६ मा बृहत् सेवा सहितको स्वास्थ शिविर सारिका फाउण्डेशन नेपालको आयोजनामा हुने भएको छ ।

गैंडाकोट नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा विजया दशमी तथा शुभ-दिपावलीको उपलक्ष्यमा निशुल्क मोतियाबिन्दु परिक्षण, अप्रेशन तथा पाठेघरको निशुल्क क्यान्सर परिक्षण शिविर हुन लागेको आयोजकले बताएको छ ।

बीपी कोइराला मेमोरियल अस्पताल, रोटरी क्लब अफ गैंडाकोट र रोटरी क्लब अफ कावासोती को प्राविधिक सहयोग तथा सहकार्य रहने उक्त कार्यक्रम गैंडाकोट १६ मा रहेको लक्ष्मी मावि अमरापुरीमा शिविर सञ्चालन हुनेछ। बिहान ११ बजेबाट सञ्चालन हुने उक्त शिविरमा निःशुल्क रूपमा औषधि वितरण तथा उपचार गरिने आयोजकले बताएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको