दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै देवघाटधाममा एकदिने श्रीमद्भागवत महायज्ञ हुने

देवघाट (चितवन/तनहुँ), मंसिर ०३ । अकालमै ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा एकदिने श्रीमद्भागवत महायज्ञ, अखण्ड भजन किर्तन, लक्ष्यवर्ती दीप प्रज्वलन लगायतका कार्यक्रमहरू आयोजना गरिने भएको छ ।

 

आगामी मंसिर ७ गते वैकुण्ठ चतुर्दशीको पावन अवसर पारेर उक्त धार्मिक अनुष्ठान गर्न लागिएको आयोजकले जनाएको छ । दुःखको यस घडीमा दिवंगत आत्माहरूको सम्झना र उद्धारका लागि १५ जना पण्डितद्वारा पाठपुरण सहित आयोजना गर्न लागिएको यस पुण्य कार्यमा सहभागी भई सामूहिक प्रार्थनामा सरिक हुन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन तथा सर्वसाधारणमा हार्दिक अपिल समेत गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको