गैँडाकोटमा हरिबोधनी एकादशीका अवसरमा मंसिर ४ गते सार्वजनिक बिदा दिने निर्णय

गैंडाकोट, मंसिर २ । गैँडाकोट नगरपालिकाले हरिबोधनी एकादशी (तुलसी विवाह) को अवसरमा नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको मिति २०८३ साल कार्तिक २८ गतेको निर्णयअनुसार आगामी मंसिर ४ गते शुक्रबारका दिन पर्न  हरिबोधनी एकादशीको पावन अवसरमा गैँडाकोट नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरिएको हो।

 

यस निर्णयसँगै मंसिर ४ गते शुक्रबारका दिन गैँडाकोट नगरपालिका र त्यस अन्तर्गतका सम्पूर्ण कार्यालयहरू तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा रहनेछ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीद्वारा जारी गरिएको सूचनामार्फत यससम्बन्धी जानकारी गराइएको हो। साथै, नगरपालिकाले हरिबोधनी एकादशीको यस पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नगरबासीहरूमा सुख, शान्ति, सु-स्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको