डाँडाकालिका बचतको साधारण सभा तथा अधिवेशन सम्पन्न, राधा लाई नेतृत्वको जिम्मेवारी

गैंडाकोट, मङ्सिर १५। गैंडाकोटमा रहेको डाँडाकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा तथा पाँचौ अबिधेशन आज शनिवार गैंडाकोटमा सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष शिवबहादुर पुनको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) का लेखा तथा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख पौडेलले सहकारीलाई सदस्यमुखी कार्यक्रमहरू अघि बढाउन बढाउन आग्रह गर्दै राजनीतिक संरक्षण पाएका ती सहकारीहरूका कारण सहकारी अभियान बदनाम हुदै गएको बताए ।

 

कार्यक्रमका विशेष अतिथि गैडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश सापकोटाले राम्रो काम गर्ने सहकारीको पहिचान र सम्मान हुनुपर्ने बताउँदै उनले डाँडा कालिका बचतले नगरमै उत्कृष्ट काम गरेकाले आफ्नोवडा कार्यालयको तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि आफू तयार हुने बताए । सभाका अवसरमा बोल्ने अन्य बक्ताहरुले छोटो समयमै राम्रो काम गरेर समाजमा स्थापित भएको डाँडाकालिका बचतको सिको अन्य सहकारीले गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा नियमित बचतकर्ता, बालबचत, नियमित बचत, असल ऋणी, सहकारीमा बचत गर्ने सम्पूर्ण बालबालिकाहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक सामग्री, संस्थाका जेष्ठ नागरिक, लगायतका शीर्षकहरूमा संस्थाका सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुली, गैंडाकोट सहकारी समन्वय मञ्च सहकारी ग्रामका अध्यक्ष बाबुराम खनाल, संस्थाका पूर्व अध्यक्ष भूमा पुन, सल्लाहकारहरू टिकादेवी श्रीस, मानकुमारी थापा लगायत अतिथिहरु रहेका थिए। सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव संगीता रानाभाट,कोषाध्यक्षको आर्थिक प्रतिवेदन कोषाध्यक्ष राधिका कार्की, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक इन्द्रबहादुर थापाले प्रस्तुत गरेको सभामा उपाध्यक्ष राधा थापाले स्वागत मन्तव्य राखेकी थिइन्।

कुल -१६१३ सदस्य सङ्ख्या रहेको उक्त सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भए लगत्तै भएको पाँचौं अधिवेशनले राधा थापाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति समेत गठन गरेको छ। जसको उपाध्यक्षमा इन्द्रबहादुर थापा, सचिव संगीता राना, साध्यक्ष टंकबहादुर थापा, सदस्यहरूमा शेरबहादुर थापा, बिना आले, रामचन्द्र सापकोटा, मनमाया थापा, इन्द्र थापा मगर, अमृता दर्लामी, रामप्रसाद थापा नयाँ कार्यसमितिमा चयन भएका छन् । अधिवेशनले तीन सदस्य लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको छ। जसको संयोजकमा शिवबहादुर पुन र सदस्यहरूमा कविता आले र डम्बरबहादुर थापा रहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको