श्रीनगर बाल क्लबको इमेनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

गैंडाकोट, मङ्सिर २२ । श्रीनगर बाल क्लब गैंडाकोट–२ को दोस्रो अधिवेशनले इमेन्स राज सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । क्लको उपाध्यक्षमा रश्मी गौतम सचिवमा आयुष सापकोटा र कोषाध्यक्षमा सभ्यता गिरी रहनुभएको छ ।

क्लवका अध्यक्ष इशा आचार्यको अध्यक्षता तथा गैँडाकोट २ का वडा सदस्य खगराज आचार्यको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटशत्रमा स्थानीय संघ–संस्था, विद्यालयका प्रतिनिधि, र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको श्रीनगर टोल विकास समितिकी सचिव अनिता शर्मा गौतमले दिएको जानकारी अनुसार सोही टोलका लेखा संयोजकले उक्त कार्यक्रमको संयोजन गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको