प्रगतीका पाईला चढ्दै,
समयको पंख भरिएर,
नयाँ बिहान खोज्दै,
भविष्यका बाटाहरू खोल्दै।
अँध्यारो रातको कालो पाटो,
जुन थियौ ढाकेर,
शक्तिको उज्यालो लिएर,
सपना छरौँ जीवनको बाटो।
अवरोधहरू सामना गर्दै,
हिम्मतको किल्ला गाड्दै,
हारको धुवाँ पुछ्दै,
सफलताको झण्डा फहराउँदै।
संकल्पका अग्नि जलाई,
पुराना डर चिर्दै अघि बढ्ने,
जून लक्ष्यमा पुगेका छैनौँ,
त्यही त हो हाम्रो यात्रा।
एक्लो पाइला जो जोडिन्छ,
संगठनको शक्ति बन्छ,
एकताको साहारा समात्दै,
प्रगतीका पाईला अगाडि बढ्छ।
यो यात्रामा कहिले नथाक्ने,
सपना हरदम नझुक्ने,
विश्वासको दियो बालेर,
अझै चम्किने, अझै झल्किने।
प्रगतीका पाईला यो,
हाम्रो जीवनको कथा,
हर कदममा खोजिन्छ,
नयाँ भोलिको व्याख्या।
-तुलसी पाण्डे गैंडाकोट, नवलपुर